सोलारबाट बिजुली उत्पादन हुने

सोलारबाट बिजुली उत्पादन हुने

Solar-Power-Plant

तनहुँ । शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराको तनहुँ सोलार फार्म प्रालिले सोलारबाट कम्तीमा ५ मेगावट क्षमताको विद्युत उत्पादन गर्ने कार्य ९० प्रतिशत पुरा भएको छ ।

नेपाल विद्युत प्राधिकरण दमौलीको ३३ केभिएबाट लाइन जडान गरिएपनि शुक्लागण्डकी नगरपालिकावासीले विद्युत जाने समस्या भोग्नुपरेपछि त्यसको विकल्पमा सोलारबाट विद्युत उत्पादन गर्न लागिएको हो ।

रातको तुलनामा दिनमा झण्डै नौ÷दश पटकसम्म विद्युत जाने समस्याले सास्ती भोग्नुपरेपछि नगरपालिकाका व्यवसायी र एनआरएनएको एमसीआई गु्रपसहितको संयुक्त लगानीमा विद्युत उत्पादन गर्न लागिएको फार्मका व्यवस्थापक हरिकुमार श्रेष्ठले जानकारी दिए । शुरुमा उत्पादित विद्युत प्राधिकरण दमौली सवस्टेशनलाई दिने सहमति भएपनि अहिले बेलचौतारामा सबस्टेशन निर्माण भएपछि फार्मलाई फाइदा पुगेको छ ।

बेलचौताराबाट दमौली सवस्टेशनसम्म लैजादाँ झण्डै रु तीन करोड खर्च हुने देखिएपनि नगरपालिकामा सबस्टेशन बनेपछि धेरै रकम खर्च हुनबाट जोगिएको उनले बताए। बेलचौतारादेखि दमौलीसम्म विद्युत बिस्तार गर्दा पोल गाड्ने, रुख कटान र जग्गा विवाद लगायतका झमेलाले सहज रुपमा काम गर्ने वातावरण हुदैन्थ्यो । उनले भने, “अब सहज परिस्थिति भएकोले सहज रुपमा काम अघि बढाइनेछ ।”

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds