तनहुँ । ‘असहज परिस्थितिमा पनि पुण्यदान, दुःखमा एम्बुलेन्स सेवा हाम्रो अभियान’ भन्ने नारासाथ व्यासनगरपालिका–१० स्थित नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले थालेको अभियानमा झण्डै रु २६ लाख सङ्कलन भएको छ ।
गत वर्ष भदौ १९ गते नेपाल रेडक्रस दिवसको दिनबाट अभियान शुरु थालेको सो उपशाखाले नौ महिनामा २५ लाख ५६ हजार जुटाएको हो । विभिन्न व्यक्ति संघसंस्थाबाट १५ लाख नगद सङ्कलन भएको छ । त्यस्तै १० लाख ५६ हजार बोलकबुल अनुरुपको रकम उठ्न बाँकी रहेको उपशाखाका सभापति रामदत्त पौडेल बताए । व्यासनगरपालिकाले पाँच लाख, नेपाल रेडक्रस सोसाइटी केन्द्रले तीन लाख र विभिन्न व्यक्तिबाट रु दुई लाख ५६ हजार उठ्न बाँकी रहेको छ ।
उक्त शाखाले एम्बुलेन्स खरिदको लागि गत पुस १६ गते नौ लाख ४१ हजार ७५३ भारतको अग्नि गु्रप महेन्द्र कम्पनीलाई पैसा पठाएपनि हालसम्म एम्बुलेन्स ल्याउन नसकिएको उनले बताए ।
एम्बुलेन्स आउने बित्तिकै प्रक्रिया पूरा गरेर सञ्चालनमा ल्याइने अर्थ सङ्कलन समितिका सचिव श्रीकृष्ण आचार्यले बताए ।
उनका अनुसार ऋषिङगाउँपालिका स्थित कोटदरबार उपशाखा र देवघाट उपशाखाले यस अघि नै एम्बुलेन्स सञ्चालनमा ल्याईसकेका छन् । कुनै स्वास्थ्य संस्थासँग सम्झौता गरी एक जना स्वास्थ्यकर्मी, अक्सिजन लगायतका मापदण्ड पुरा गरी एम्बुलेन्स चलाउने योजना रहेको रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले जनाएको छ ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’