फाइल फोटो
पोखरा । नयाँ भेरिएन्ट सहितको कोरोना संक्रमणको फैलावटलाई चेन ब्रेक गर्न सरकारले निषेधाज्ञा लगाएको पनि झन्डै तीन साता भइसक्यो । देशका अधिकांश उद्योग व्यवसाय अहिले बन्द छ । आर्थिक गतिविधि चलायमान हुन पाएका छैनन् । तर, पछिल्लो समय जलविद्युत कम्पनीको सेयरमा उल्लेख्य वृद्धि आएको छ । बजारको गति हेर्दा जलविद्युत्को सेयरमा आश्चर्यजनक वृद्धि देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्जमा कूल ४० जलविद्युत् कम्पनी सूचीकृत छन् । अधिकांश कम्पनीको सेयरको वृद्धिदर राम्रो देखिन्छ । केही कम्पनीको सेयरमा त सकारात्मक सर्किट नै लागेको अवस्था छ ।
त्यसो त अन्य क्षेत्र कोरोना महामारीले प्रभावित भएपनि सञ्चालनमा रहेका जलविद्युत् कम्पनीबाट बिजुली उत्पादन भइरहेको छ, उनीहरुको आम्दानीमा कमी हुन पाएको छैन । तुलनात्मक मात्रामा बिजुली उत्पादन कम भएपनि हिँउदेयाममा प्रतियूनिट ८ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता भएका कारण पनि जलविद्युत् कम्पनीको आम्दानीमा कमी आएको छैन ।
कोरोनाले अन्य क्षेत्र प्रभावित हुँदा ऊर्जा उत्पादन गरिरहेका जलविद्युत् कम्पनीलाई कुनै समस्या नआउनु एउटा कारण हुन सक्ने जानकारहरुको भनाइ छ ।
हेर्नुहोस् ! जलविद्युत् कम्पनीको ६ महिनाको अवधिमा (जेठ बिहीबारसम्म) सेयरमा आएको वृद्धिदर ।
सम्बन्धित खबर
सुनको मूल्य घट्यो
पेट्रोल र डिजेलको मूल्य घट्यो
आज सुनचाँदी कतिमा हुँदैछ कारोबार?
सुनको मूल्य एकैदिन तोलामा १ हजार ६०० रुपैयाँले बढ्यो
बढ्यो सुनको मूल्य
सुनचाँदी अहिलेसम्मकै महँगो, कति पुग्यो मूल्य?
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका