काठमाडौँ । नेपाल भलिबल सङ्घले फिलिपिन्समा आयोजना हुने एशियन महिला भलिबल च्याम्पियनशिपका लागि ३० खेलाडी छनोट गरेको छ । सङ्घले प्रशिक्षणको जिम्मा जगदीशप्रसाद भट्टलाई सुम्पिने निर्णय गरेको छ ।
सङ्घका उपाध्यक्ष निरोज मास्के, प्रशिक्षक प्रज्वलबहादुर सिंह र महिला टोलीका पूर्वप्रशिक्षक भट्टको छनोट समितिले खेलाडी छनोट गरेको हो । बन्द प्रशिक्षणका लागि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट आठ, नेपाल प्रहरीको पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब र न्यू डायमण्ड क्लबबाट सात सात तथा भरतपुर मेट्रोबाट एउटा खेलाडी छनोट गरिएको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए।
आर्मीबाट सुनिता खड्का, सोफिया पुन, शान्ति थारू, जानकी भण्डारी, सरस्वती जैसी, कृपा अधिकारी, सङ्गम महतो र सृष्टि खड्का, पुलिसबाट कमला पुन, उषा भण्डारी, पुनम चन्द, कामना बिष्ट, लक्ष्मी चन्द, मनिषा चौधरी र शान्तिकला तामाङ, एपिएफबाट सरस्वती चौधरी, निरुता ठगुन्ना, हीरा केसी, उषाकुमारी बिष्ट, पूजा चौधरी, रेश्मा भण्डारी र कविता भट्ट, न्यू डायमण्ड स्पोर्ट्स क्लबबाट प्रतिभा माली, अरुणा शाही, सलिन श्रेष्ठ, बाल्मिका आचार्य, झरना श्रेष्ठ, रीया कुँवर र रीमा कुँवर तथा भरतपुरबाट सरस्वती कट्टेललाई छनोट गरिएको छ ।
यस्तै वैकल्पिक खेलाडीका रुपमा भरतपुरकी आरती सुवेदी र निशा चौधरी, डायमण्डकी प्रगति नाथ, ढोरपाटनकी पुष्पा शाही र पुलिसकी पुष्पा चौधरीलाई चयन गरिएको चन्दले बताउए। सङ्घले महिला टोलीको व्यवस्थापकमा उपाध्यक्ष निरोज मास्केलाई चयन गरेको छ । एशियन महिला भलिबल च्याम्पियनशिप आगामी भदौ १३ देखि २० गतेसम्म सञ्चालन हुनेछ । बन्द प्रशिक्षण यही जेठ २१ गतेदेखि शुरु हुने सङ्घले जनाएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
पोखरामा पर्यटकबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
गाडीभित्रै सिट बेल्ट बाँधेर सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल