मनाङ । केही दिनदेखि परेको पानीका कारण खोलानाला बढेपछि मनाङको चामेमा विद्युत् आपूर्ति बन्द भएको छ । वर्षाका कारण विभिन्न ठाउँमा बिजुलीका पोलहरु ढलेपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।
विद्युत् सेवा अवरुद्ध भएपछि स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । चामे गाउँपालिका—३ नयाँबजारमा घट्टेखोलामा आएको बाढी बस्तीमा पसेपछि विद्युत् सेवा ठप्प भएको जिल्ला प्रशासन कार्यालायले जनाएको छ । खोलाको बाढी बस्तीमा पसेपछि दर्जनौँ घरधुरी अध्यारोमा बस्न बाध्य भएका छन् ।
बाढीका कारण चामेमा खानेपानी सुविधा पनि अवरुद्ध भएको छ । वर्षाले सडक तथा पुल बगाउँदा लमजुङबाट आवतजावत गर्ने यातायात विच्छेद भएको छ । निरन्तरको वर्षाका कारण चामेका ३६ घर जोखिममा परेका छन् ।
बाढी पसेको बस्तीमा आज सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सहायतामा उद्धार गर्ने काम भइरहेको छ । पुनः खोला बस्तीतर्फ पस्न नदिन आज बिहानैबाट जनप्रतिनिधि, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहभागितामा इस्काभेटेर प्रयोग गरेर घरभित्र पसेका बालुवा फाल्ने र खोला रोक्ने काम भइरहेको छ । हिजो दिउँसो २ बजेको समयमा घट्टे खोला र ठाडो लाइन खोलाहरुबाट आएको बाढी बस्तीमा पसेको थियो ।
सम्बन्धित खबर
मनाङमा हिमपातबाट अलपत्र परेका ७५० जनाको उद्धार
मनाङमा यार्सा टिप्न गएका धादिङका आकाशको मृत्यु
मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरू
मनाङ सदरमुकाम चामेमा पहिलो पटक पुग्यो बस
मनाङको फू गाउँमा सशस्त्रको ‘बीओपी’ राखिने
मनाङमा सार्वजनिक गाडी सञ्चालन हुने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’