तनहुँ । जिल्लाको आँबुखैरेनी–४ मा रहेको मस्र्याङ्दी जलविद्युत् केन्द्रबाट ६९ मेगावाट विद्युत् उत्पादन भएको छ । गत बिहीबार बिहानदेखि शनिबार साँझसम्म परेको अबिरल वर्षाका कारण नदीमा पानीको बहाब बढेपछि साविकको अनुपातमा विद्युत् उत्पादन भएको हो ।
सुख्खा याममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाका पानी कम हुँदा घटेर ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुने गरेको केन्द्रका इलोट्रिकल्स सुपरभाइजर शिवराम शर्माले जानकारी दिए । उनका अनुसार केन्द्रले तीनवटा युनिटबाट २३÷२३ मेगावाटका दरले पूर्ण क्षमता अनुरुपको ६९ मेगावाट विद्युत् उत्पादन भैरहेको छ । लामो समय खडेरी हुँदा विद्युत् उत्पादन घटे पनि हालको वर्षाका कारण विद्युत् उत्पादनमा वृद्वि भएको केन्द्रले जनाएको छ ।
विद्युत् उत्पादन बढेपछि नेपाल विद्युत् प्राधिकरणको मागबमोजिम आपूर्तिमा सहयोग पुगेको छ । सुख्खा मौसममा विद्युत् उत्पादन कम हुँदा प्राधिकरणले भारतबाट विद्युत् आयात गर्नु पर्ने बाध्यता रहेको छ ।
मस्र्याङ्दी हिमालबाट बगेर आएको नदी हो । गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिँउ धेरै पग्लिने र वर्षा धेरै हुँदा यसका सहायक नदी, खोलामा पानीको बहाब बढेसँगै विद्युत् उत्पादन पनि बढ्ने गरेको केन्द्रले जनाएको छ । यस केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
सम्बन्धित खबर
पृथ्वी राजमार्ग पश्चिम खण्डकाे २० किमि सडक ६ लेनको बन्ने
गाउँमा करोडौँको सुन्तला, बाटो नहुँदा बजार पुर्याउन सकस
दमौलीको मादी नदीमाथि ‘आर्क डिजाइन’ को पुल निर्माण सुरु
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
पोखरा आउँदै गरेको ट्रकले ठक्कर दिँदा भिमादकी सुकमायाको मृत्यु
तनहुँमा डेंगु सङ्क्रमणबाट थप एक बालकको मृत्यु
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका