तनहुँ । जिल्लाको आँबुखैरेनी–४ मा रहेको मस्र्याङ्दी जलविद्युत् केन्द्रबाट ६९ मेगावाट विद्युत् उत्पादन भएको छ । गत बिहीबार बिहानदेखि शनिबार साँझसम्म परेको अबिरल वर्षाका कारण नदीमा पानीको बहाब बढेपछि साविकको अनुपातमा विद्युत् उत्पादन भएको हो ।
सुख्खा याममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाका पानी कम हुँदा घटेर ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुने गरेको केन्द्रका इलोट्रिकल्स सुपरभाइजर शिवराम शर्माले जानकारी दिए । उनका अनुसार केन्द्रले तीनवटा युनिटबाट २३÷२३ मेगावाटका दरले पूर्ण क्षमता अनुरुपको ६९ मेगावाट विद्युत् उत्पादन भैरहेको छ । लामो समय खडेरी हुँदा विद्युत् उत्पादन घटे पनि हालको वर्षाका कारण विद्युत् उत्पादनमा वृद्वि भएको केन्द्रले जनाएको छ ।
विद्युत् उत्पादन बढेपछि नेपाल विद्युत् प्राधिकरणको मागबमोजिम आपूर्तिमा सहयोग पुगेको छ । सुख्खा मौसममा विद्युत् उत्पादन कम हुँदा प्राधिकरणले भारतबाट विद्युत् आयात गर्नु पर्ने बाध्यता रहेको छ ।
मस्र्याङ्दी हिमालबाट बगेर आएको नदी हो । गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिँउ धेरै पग्लिने र वर्षा धेरै हुँदा यसका सहायक नदी, खोलामा पानीको बहाब बढेसँगै विद्युत् उत्पादन पनि बढ्ने गरेको केन्द्रले जनाएको छ । यस केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण