पश्चिमान्चल क्षेत्रीय अस्पतालमा रोकिएको बहिरंग सेवा जेठ २३ देखि चालु हुने

पश्चिमान्चल क्षेत्रीय अस्पतालमा रोकिएको बहिरंग सेवा जेठ २३ देखि चालु हुने

paschimaanchal hospital pokhara

पोखरा। पश्चिमान्चल क्षेत्रीय अस्पतालमा केही समय बन्द भएको बहिरंग सेवा पुनः संचालनमा आउने भएको छ।

कोभिड -१९ का कारण गत जेठ ११ गतेदेखि बन्द भएको बहिरंग सेवा आगामी जेठ २३ गते आइतबारदेखि संचालनमा आउने अस्पतालले विज्ञप्ति मार्फत जनाएको छ ।

विज्ञप्तिमा कोभिड -१९ व्यवस्थापनको लागि तोकिएका स्वास्थ्य सम्बन्धी मापदण्डहरु अनिवार्य रुपमा पालना गरी पूर्ववत रुपमा बहिरंग सेवाहरु निर्वाध संचालन हुने जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ