काठमाण्डौ । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले अबको दुई वर्षभित्र मुलुक दूध उत्पादनमा आत्मनिर्भर बन्ने बताएकी छन् ।
विश्व दूध दिवसका अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले मङ्गलबार आयोजना गरेको भर्चुअल कार्यक्रमा मन्त्री अर्यालले प्रतिव्यक्ति ११ लिटर दूध अपुगको अहिलेको अवस्थालाई दुई वर्षभित्र पुरा गर्ने बताइन् ।
मन्त्री अर्यालले दूग्ध र डेरी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी ब जेट आएकोसमेत जानकारी दिइन् । कोभिड १९ महामारीले दुग्ध क्षेत्रमा समस्या सिर्जना गरेको भन्दै उनले यस विषयमा मन्त्रिपरिषद्को बैठकमा समेत छलफल भएको र बजारसँग जोडिएका कुरालाई सहजीकरण गर्ने दिशातर्फ सरकार अगाडि बढेको बताइन् ।
डिडिसीले दैनिक एक लाख लिटर दूध सङ्कलन गर्नुुपर्ने अवस्था भए पनि अहिलेका अवस्थामा ९० हजार लिटर दैनिक सङ्कलन गर्दै आएको भन्दै उनले बजार खुलेपछि खपत बढाउने गरी काम गर्न निर्देशन दिइन् ।
सम्बन्धित खबर
बागलुङमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
सडकमा हिँडिरहेकी युवतीको सुनको सिक्री लुटेर भाग्ने युवक पक्राउ
पेट्रोल र डिजेलको मूल्य घट्यो
करिब ४ तोला सुन जस्तो धातुसहित पोखरामा एकजना पक्राउ
तनहुँ बस दुर्घटना अपडेट : दुई जनाको मृत्यु, गम्भीर घाइते ९ जना पोखरा ल्याइयो
पोखराको निर्मलपोखरीबाट ५ लाख बढी रकम सहित कौडा खेलिरहेका १६ जना पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका