तनहुँ । व्यास नगरपालिका–१३ निवासी ईश्वरराज पन्थले व्यावसायिक रुपमा पालेको स्थानीय जातको हाँस नबिक्दा दाना खुवाउन समेत धौधौ भएको छ । दोस्रो भेरियन्टसहितको कोभिड–१९ बाट सुरक्षित हुन जिल्ला प्रशासन कार्यालय तनहुँले बन्दाबन्दीको आह्वान गरेपछि बजार पूर्णरुपमा बन्द हुँदा हाँस बिक्री नभएको हो ।
किसान पन्थले व्यास नगरपालिका–१३ को गुदीमा कडकनाथ कुखुरा दुई हजार र टर्की ५०० पालेका छन् भने सोही वडाको पोखरीभञ्ज्याङमा दुई लाख माछा र आठ हजार हाँस पालेका छन् । करीब रु. चौध करोडको लगानी गरी फार्म संञ्चालनमा ल्याइएको हो । झण्डै १४ करोडको लगानीमा निर्माण गरिएको सो फार्म सम्भवतः नेपालकै ठूला फार्म भएको दाबी गरिएको छ ।
उनले गाउँफर्क कृषि फार्म र युगिन कृषि फार्म प्रालि गरी दुई वटा फार्म सञ्चालन गरी व्यावसायिक रुपमा अघि बढेका छन् । बन्दाबन्दीपश्चात दाना खुवाउन समस्या भएपछि सामाजिक सञ्जाल फेसबुकमा बिक्रीको लागि राखिएपछि दिनमा २० देखि २५ किलो ग्रामसम्म मासु बिक्री हुने गरेको छ ।
बन्दाबन्दीमा खुद्रा बिक्री गरेको हाँसको पैसाले हाँसलाई दाना खुवाउन समेत धौधौ हुन थालेको किसान पन्थले बताए। हाँसको मासु र अण्डाको लागि बिहान र दिउँसो माग लिएर बेलुका घरघरमा पु-याइदिने गरिएको छ । उनले भने ‘‘दाना खुवाउन पनि समस्या हुन थालेपछि फुटकर भएपनि बिक्री गर्न थालिएको हो ।’’
‘‘निषेधाज्ञा हटेर बजार खुल्न थालेपछि बिक्रीको लागि समस्या हुँदैन्थ्यो’’, उनले भने, ‘‘होटल तथा रेष्टुरेन्टहरुमा लगेर बिक्री गर्न पाए धेरै सहज हुने थियो ।’’ चितवनको भाटभटेनी सुपरमार्केटले केही शर्तसहितको सम्झौता गरी मापदण्ड अनुरुपको सबै कुरामा ठीक भई दुई टन मासु तयार गरिसकेको अवस्थामा झ्याप्पै लकडाउन हुँदा समस्या खेप्नुपरेको छ ।
केही हाँसको मासुलाई घरेलु जडिबुटी र मसला मिसाएर बनाइएको ७०० ग्राम तयारी प्याकेज हाँसको सुकुटी रु. एक हजार पाँच सयमा बिक्री गर्ने गरि प्याकेजिङ कार्य समेत थालिएको किसान पन्थले बताए। फार्ममा कार्यरत कामदार र निजकी श्रीमती अनिता ढकाल पन्थलगायतले हाँसको सुकुटी प्याकेजिङ कार्य गर्दै आएका छन् ।
यसरी प्याकेज गरिएको मितिले ४५ दिनसम्म प्रयोग गर्न सकिन्छ । उनले भने, ‘‘कोभिडको वर्तमान परिस्थितिमा प्रतिरक्षाको लागि प्रयोग गरी मजबुत बनाउन पौष्टिक आहारको परिपूर्ति गर्न सकिन्छ ।’’ हाँसलाई अघाउञ्जेल दाना खाना दिने हो भने एक दिनमा सवा लाख रुपैयाँको दाना खान्छन् तर अहिले जेनतेन रु. ५०/६० हजारको दानाले जीविकोपार्जन गराइएको छ ।
सम्बन्धित खबर
पृथ्वी राजमार्ग पश्चिम खण्डकाे २० किमि सडक ६ लेनको बन्ने
गाउँमा करोडौँको सुन्तला, बाटो नहुँदा बजार पुर्याउन सकस
दमौलीको मादी नदीमाथि ‘आर्क डिजाइन’ को पुल निर्माण सुरु
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
पोखरा आउँदै गरेको ट्रकले ठक्कर दिँदा भिमादकी सुकमायाको मृत्यु
तनहुँमा डेंगु सङ्क्रमणबाट थप एक बालकको मृत्यु
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका