स्याङ्जा । स्याङ्जामा निषेधाज्ञाको समय थपेर जेठ ३१ गते राति १२ बजेसम्मका लागि कायम गरिएको छ ।
आज रातिसम्मको लागि जारी यसअघि तोकिएको निषेधाज्ञालाई जिल्ला सुरक्षा समितिको आजको बैठकले एक हप्ता लम्बाएको हो ।
जिल्लामा कोभिड सङ्क्रमणको दर उच्च भएकाले रोकथाम तथा नियन्त्रणका लागि जेठ मसान्तसम्म लागू हुने गरी निषेधाज्ञा लम्ब्याईएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए। बैठकले दैनिक उपभोग्य अत्यावश्यक वस्तुहरुको बिक्री वितरण दैनिक बिहानमा मात्रै सञ्चालन गर्ने, बिहान ५ बजेदेखि ९ बजेसम्म दैनिक उपभोग्य खाद्य सामग्रीहरु दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्याँस, पेट्रोलियम पदार्थ अत्यावश्यक निर्माणजन्य सामग्रीहरु सञ्चालन गर्न पाउने भएका छन् ।
राजस्व सङ्कलन, विपद् व्यवस्थापन, सरकारी कामकाजको प्रयोजनबाहेक सबै बैंक तथा वित्तीय संस्थाहरु बन्द गर्नुपर्ने, अत्यावश्यक काम परी बैकिङ सेवा सञ्चालन गर्नुपरेमा सम्बन्धित पालिकाकाको लिखित अनुमतिमा सञ्चालन गर्न सकिने निर्णय भएको छ भने एटिएम सेवा भने २४ सै घण्टा उपलब्ध गराउनुपर्ने छ । निषेधाज्ञाका समयमा पहिलाजस्तै यसपटक पनि औषधि तथा अत्यावश्यक सेवाहरु २४ सै घण्टा खुल्ने जनाइएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’