लण्डन । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
महारानी एलिजावेथ द्वितीयसमक्ष बकिङ्घम प्यालेसमा बुधबार आयोजित एक विशेष समारोहमा राजदूत रेग्मीले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको बेलायतस्थित नेपाली राजदूतावासले जनाएको छ ।
भर्चुअलरूपमा सम्पन्न उक्त समारोहमा प्रमाणपत्र बुझाएपछि राजदूत रेग्मीले महारानीसमक्ष नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पनि सुनाएका थिए । सन्देशमा राष्ट्रपति र प्रधानमन्त्रीले महारानीको सुस्वास्थ्यका साथै बेलायतको प्रगति र बेलायती जनताको समृृद्धिको कामना गर्नुभएको दूतावासले उल्लेख गरेको छ ।
ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै महारानीले राजदूत रेग्मीलाई सफल कार्यकालका लागि शुभकामना दिएका थिए । साथै उनले बेलायत र नेपालबीच विशेष सम्बन्ध रहेको तथा नेपालको विकास प्रयासमा सहयोग गर्नु बेलायतको प्राथमिकता रहेको बताए।
महारानीले आफ्नो दुईवटा ऐतिहासिक नेपाल भ्रमणको क्षणको स्मरण गर्दै अहिले कोभिड–१९ का कारण नेपालको अवस्था र खोपबारेमा चासो व्यक्त गर्नुभएको राजदूत रेग्मीले बताए।
राजदूत रेग्मीले बेलायत र नेपालबीच दुई शताब्दी लामो सम्बन्धको चर्चा गर्दै बेलायतले नेपाललाई सामाजिक तथा आर्थिक विकासमा पु-याएको सहयोग तथा हालै कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा पु-याएको सहयोगका लागि धन्यवाद दिएका थिए। रेग्मी बेलायतका लागि २१औँ राजदुतका रूपमा हालै नियुक्त भएका थिए।
सम्बन्धित खबर
सडकमा हिँडिरहेकी युवतीको सुनको सिक्री लुटेर भाग्ने युवक पक्राउ
पेट्रोल र डिजेलको मूल्य घट्यो
करिब ४ तोला सुन जस्तो धातुसहित पोखरामा एकजना पक्राउ
तनहुँ बस दुर्घटना अपडेट : दुई जनाको मृत्यु, गम्भीर घाइते ९ जना पोखरा ल्याइयो
पोखराको निर्मलपोखरीबाट ५ लाख बढी रकम सहित कौडा खेलिरहेका १६ जना पक्राउ
स्व. त्रिभुवन पौडेल अक्षयकोषमा पत्रकार राईले जापानबाट पठाए १ लाख
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका