बलेवा । सरकारले दिने सामाजिक सुरक्षा भत्ताको भरमा वसुन्धरा शर्माको चुल्हो बल्छ । परिवारमा अरू कोही छैनन् । खेती गरेर खाने जमीन छैन, उमेरले पनि डाँडा काटेकाले काम गरेर खानसक्ने कुरै भएन । बिहे गरेको महिना नबित्दै श्रीमान्को मृत्यु भएपछि बिहेपछिका झण्डै ८० वर्ष उनले एकल जीवन बिताइन्। आठ वर्षको उमेरमा उनको बिहे भएको थियो ।
बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराकी उनी ८८ वर्षकी भइन्। उनको जिउने आधार एउटा सानो कुटी थियो । गत वर्षको वर्षायाममा त्यही कुटीमा समेत विपत्ति आइलाग्यो । गत भदौ २८ र २९ गतेको वर्षापछि जग नै भासिएर घर जमीनमुनि पुग्यो । वसुन्धराले एक वर्ष निकै कष्टले बिताइन्। घर भाँसिएपछि पीडाको सीमा रहेन । छिमेकीको घरमा आश्रय लिएर बसिन्। वसुन्धारको खुशी एक वर्षपछि फर्किएको छ ।
नगरपालिकाले भाँसिएको घर पुनर्निर्माण गरिदिएपछि वसुन्धराको आँखामा अहिले हर्षका आँसु देखिन्छ । “बाससमेत हिँड्यो, अहिले नयाँ घर बनेको छ, पानी ओत्ने भो”, वसुन्धराले खुशी व्यक्त गर्दै भनिन्, “आफ्नै झुप्रो प्यारो लाग्छ नि !” उनको घर बनाउन नगरपालिकाले रु ७० हजार अनुदान दिएको थियो । स्थानीय युवाले सहयोग अभियान घोषणा गरेका थिए ।
नगरपालिकाले जिम्मेवारी लिएपछि युवाहरुले अभियान रोके । घर बनाउन डकर्मी र सिकर्मीको ज्याला रु ५० हजार र रु २० हजारको जस्तापाता उपलब्ध गराइएको वडा सदस्य रुद्रनाथ शर्माले बताए। स्थानीय काठ र बाँस तथा ढुङ्गा माटोले उनका लागि एकछाने नयाँघर बनेको छ । एकल भएकाले खानाका लागि सामाजिक सुरक्षा भत्ता र एकदुईवटा अंशमा पाएका बारीमा फल्ने उपजले पुग्छ ।
सम्बन्धित खबर
स्वास्थ्यमन्त्री पौडेलले गठन गरेकाे विज्ञ सल्लाहकारमा बाग्लुङका प्रताप पौडेल
गाउँमा भेटिँदैनन् बिरामीलाई अस्पताल लैजाने मानिस
बीबीसी सय प्रभावशाली महिलाको सूचीमा बागलुङकी सिलसिला
मध्यपहाडी लोकमार्ग: धमाधम कालोपत्र हुँदै बागलुङ खण्ड
गण्डकीमै पहिलो पटक एआई एक्सरे मेसिन सञ्चालनमा, स्वास्थ्यमन्त्री पाठकद्वारा शुभारम्भ
चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो