काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले पत्रकारका आम समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै पत्रकारलाई सरकारका कमजोरी औल्याउन आग्रह गरेकी छन् । मन्त्री थापाले सत्यतथ्य सूचनामा ध्यान दिएर समाचार प्रवाह गर्न पनि पत्रकारलाई आग्रह गर्दै पत्रकारलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन तत्काल पहल गर्ने बताइन्।
नेपाल पत्रकार महासङ्घको प्रमण्डलसँग मन्त्री थापाले खोप लगाउन छुटेका पत्रकारलाई तत्काल खोप उपलब्ध गराउन आफूले स्वास्थ्य मन्त्रीसँग कुरा गर्ने जानकारी दिइन्। पत्रकारको हकहित र मागका सम्वन्धमा सकारात्मक रहेको र महासङ्घसँग समन्वय गरेर अघि बढ्ने उनको भनाइ थियो । उनले नयाँ बजेटमा व्यवस्था भएअनुरुप पत्रकारको निःशुल्क उपचार र सात लाख रुपैयाँको जीवन वीमाको विषयमा यही असारभित्रै कार्यविधि बनाई साउनबाट लागु गर्ने बताइन् । सोही अवसरमा महासङ्घले मन्त्री थापालाई कोभिड –१९ ले पत्रकार तथा सञ्चार क्षेत्रमा पारेको प्रभाव बारेमा ध्यानाकर्षण गराएको थियो ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कोभिड–१९ ले पत्रकार तथा सञ्चार क्षेत्रमा पारेको प्रभाव बारेमा अवगत गराउदै आवश्यक सहयोग गर्न आग्रह गरिन्।
महासङ्घले कोरोना भाइरस संक्रमणको समयमा सञ्चारकर्ममा खटिएका पत्रकारले पारिश्रमिक नपाउने, सञ्चार गृहले पेशाबाट निकाल्नेलगायत समस्या देखिएको र समस्या समाधानमा मन्त्रालयले तत्काल संयन्त्र बनाएर अनुगमन गर्न तथा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारगृहलाई सरकारले उपलब्ध गराउने सेवाबाट बञ्चित गर्न आग्रह गरेको छ ।
त्यसैगरी पत्रकारलाई ‘फ्रन्टलाइनर’ घोषणा गरी राज्यबाट दिने सेवा, सुविधा उपलब्ध गराउन र कोभिडविरुद्धको भ्याक्सिन सहज तरिकाले लगाउने व्यवस्थाका लागि सहजीकरण गरिदिन पनि अनुरोध गरेको छ । देशभर झण्डै १ हजार पत्रकारमा कोरोना संक्रमण भएका छन् । हालसम्म २० जनाले ज्यान गुमाएका छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’