पोखरा । देशभर आज (मंगलबार) बदली र वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशसहित ५ प्रदेशमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
हाल देशभरी मनसुनी वायुको प्रभाव रहेको छ ।
अहिले बिहान देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेश, सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । प्रदेश नं. २ को थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित वर्षा भइरहेको छ।
मंगलबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश नं. २, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।
यस्तै, राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।
यसैबीच धेरै बर्षा हुने स्थानहरुमा बाढी-पहिरोको सम्भावना हुने हुँदा आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ