रोनाल्डोको एउटा बोलीले कोकाकोलाको क्षणभरमै ४ अर्ब डलर गुम्यो

रोनाल्डोको एउटा बोलीले कोकाकोलाको क्षणभरमै ४ अर्ब डलर गुम्यो

ronaldo

काठमाण्डौ । युरोकपमा मंगलबार राति पोर्चुगल र हंगेरीबीचको खेल अगाडि भएको पत्रकार सम्मेलनमा प्रशिक्षकसँगै पोर्चुगलका कप्तान रोनाल्डो उपस्थित भए ।

उपस्थित उनीहरुका अगाडी २–२ वटा कोकाकोलाको बोतल राखिएको हुन्छ । तर, विज्ञापनको लागि राखिएको सो कोकको बोतललाई रोनाल्डोले आफ्नो स्थानबाट पर सारिदिन्छन् र पानीको बोतल लिन्छन् । उनले कोक नभएर पानी पिउनुपर्छ भन्दै पत्रकारका अगाडी संकेत पनि गर्दछन् ।

मंगलबारको उक्त खेल अगाडीको पत्रकार सम्मेलनमा भएको उक्त दृश्यको भिडियो क्लिप क्षणभरमै विश्वरभर भाइरल हुन्छ । जसको परिणाम विश्वप्रसिद्ध बहुराष्ट्रिय कम्पनी कोकाकोलाले अहिले मार्केट भ्याल्यूमा ४ अर्ब डलरको नोक्सानी बेहोरेको छ।

३६ वर्षे स्टार खेलाडी रोनाल्डोको उक्त बोलीले कम्पनीको मार्केट भ्यालूमा ठूलो तरंग ल्याइदिएको छ । उक्त दिन युरोपमा सेयर बजार शुरु हुँदा कम्पनीको सेयर प्रतिकित्ता ५६.१ डलर थियो । भने, उक्त भिडियो क्लिप पश्चात सेयर मूल्य घटेर प्रतिकित्ता ५५.२ डलरमा झरेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ