असार २५ गतेभित्र कर बुझाउन सरकारको उर्द्दी, अन्यथा जरिवाना

असार २५ गतेभित्र कर बुझाउन सरकारको उर्द्दी, अन्यथा जरिवाना

Tax

काठमाण्डौ । आन्तरिक राजस्व विभागले असार २५ गतेभित्र कर विवरण बुझाउन सूचना जारी गरेको छ ।

विभागले बुधबार एक सूचना जारी गर्दै निषेधाज्ञा अवधिपछिको कर रकम र विवरण असार २५ गतेभित्र बुझाउन भनेको हो ।

विभागले आर्थिक ऐन २०७७ को दफा १९ अन्तरगत रहेर अर्थमन्त्रालयको असार २ गतेको निर्णय अनुसार कर दाखिला गर्ने तालिका सार्वजनिक गरेको छ ।

बुधबार सार्वजनिक गरेको सूचनामा मूल्य अभिवृद्धि कर(भ्याट) २०७७ चैत्र र २०७८ बैशाख महिनाको मासिक तथा २०७७ चैत्र र २०७८ बैशाखको द्धिमासिकको कर २०७८ असार २५ गतेभित्र तिरिसक्ने सूचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ