बागलुङ । सरकारले गरेको निषेधाज्ञाले घरमै बसेका बागलुङका नागरिकलाई खानेपानीको अभावले घरबाहिर ल्याउन थालेको छ । अविरल वर्षासँगैको बाढीपहिराले बजार क्षेत्रभित्र खानेपानीको पाइपमा क्षति पु¥याएपछि पाँच दिनयता बागलुङ बजारमा खानेपानी आपूर्ति हुन सकेको छैन ।
बागलुङ नगर खानेपानीले आवश्यकताभन्दा कम खानेपानीको आपूर्ति गर्दै आएको सो बजारमा अहिले खानेपानीको हाहाकार नै भएको छ । अहिले खानेपानी आयोजनाको पानी सदरमुकाम ल्याउने पाइपका ठाउँठाउँमा क्षति पुगेको छ । खानेपानीको मर्मतमा प्राविधिक र बागलुङ नगर खानेपानी तथा उपभोक्त संस्थाका कर्मचारी खटिए पनि हालसम्म पानी आपूर्ति हुन सकेको छैन ।
खानेपानीको अभावमा बागलुङ बजारका बासिन्दा डोकोमा गाग्री, बोतल तथा जार बोकेर बजार पारीको तित्याङ, गैँडाकोट तथा हाँडेपाखा धाउँदै आएका छन् । खानेपानी आपूर्ति नहुँदा कोरोना कहरमा सरसफाइमा समेत समस्या भएको बजारवासीले गुनासो गर्दै आएका छन् ।
पाँच दिनदेखि धारामा पानी नआउँदा शौचालय जानसमेत कठिन अवस्था आइसकेको बागलुङ बजारका स्थानीयवासी हरि सुवेदीले जानकारी दिए। बागलुङ बजारमा रेश खोला मुहान, भुदी खोला मुहान र रिठ्ठेखोला मुहानबाट ल्याइएको पानीका पाइप विभिन्न स्थानमा बाढीपहिराले क्षति पु¥याएको छ । पहिराले पाइप बगाउँदा बजार क्षेत्रभित्र पिउने पानी आपूर्ति हुन सकेको छैन । निरन्तरको प्रयासका बाबजुद रेश खोलाको मसहानको खानेपानी आज बेलुकासम्म बजार ल्याउने प्रयासमा रहेको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताए।
पहिराकै कारण बागलुङ नगरपालिका–३ सुल्डाँडामा रहेको खानेपानीको रिजर्भ ट्याङ्कीसमेत जोखिममा परेको छ । बागलुङ बजार क्षेत्रभित्र रिठ्ठेखोला मुहान, रेश खोला मुहान र भुदी खोला मुहानबाट पिउनका लागि पानी ल्याइएको छ । अहिले रिठ्ठेखोलाबाट ३।५ लिटर प्रतिसेकेन्ड, रेशबाट १७ लिटर र भुदीबाट २० लिटर पानी दैनिक आउने गरेको छ । सदरमुकाममा प्रतिसेकेन्ड ४० लिटर खानेपानी आपूर्ति गर्दै आए पनि माग भने प्रतिसेकेन्ड ६० लिटर छ ।
सम्बन्धित खबर
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा