नेता खनालको स्वास्थ्यमा क्रमिक सुधार

नेता खनालको स्वास्थ्यमा क्रमिक सुधार

jhalanath-khanal

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत नेकपा (एमाले) का नेता खनालको स्वास्थ्यमा सुधार भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले बताए। खनालमा ज्वरो आउने, टाउको दुख्ने र खोकी लाग्ने समस्या हटिसकेको छ । उपचारमा अक्सिजनको सर्पोट राखिएकोमा हटाइएको छ ।

खनाललाई थप उपचारका लागि यही असार २ गते नयाँ दिल्ली लगिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ