यौन दुर्व्यवहार गरेको अभियोगमा मनाङका एक शिक्षक पक्राउ

यौन दुर्व्यवहार गरेको अभियोगमा मनाङका एक शिक्षक पक्राउ

arrest

मनाङ ।  छात्राहरुलाई यौन दुर्व्यवहार गरेको अभियोगमा मनाङमा एक शिक्षक पक्राउ परेका छन् ।

जिल्लाको नार्पाभूमी गाउँपालिका -१ नार गाँउस्थित नार आधारभूत विद्यालयमा युकेजि र प्ले ग्रुपका अध्ययनरत छात्राहरुलाई यौन दुर्व्यवहार गरेको अभियोगमा सोही विद्यालयका शिक्षक नासो गाउँपालिका-७ तिल्चे घर भएका ४३ वर्षीय अजय राम गुरुङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उक्त विद्यालयमा अध्ययनरत साना छात्राहरुलाई ट्युसन पढ्न आएको समयमा दुर्व्यवहार गर्ने गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मेहेताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका शिक्षक गुरुङमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ