पोखरा । ‘पाँचौं पोखरा स्पोर्टस् अवार्ड २०७६÷०७७’ भर्चुअलमार्फत हुने भएको छ । अघिल्लो वर्षदेखि विश्वभर फैलिएको कोरोना भाइरस प्रभावका कारण अवार्ड समारोह स्थगित हुँदै आएको थियो ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको मंगलबार बसेको २५ औं कार्यसमिति बैठकले अवार्डको पछिल्लो मिति तय गरेको हो । जसअनुसार असार १८ गते अवार्ड समारोह हुनेछ । सो दिन (जुलाई २ ) खेलकुद पत्रकारको लागि विशेष दिन ‘विश्व खेलकुद पत्रकार दिवस’ समेत हो ।
जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा रंगशालाको ब्याडमिन्टन हलमा भर्चुअल मार्फत अवार्ड समारोह गर्न तयारी अघि बढाइएको अध्यक्ष एकराज गिरीले जानकारी दिए । यस वर्ष गत वैशाख २० का लागि तयारी गरिएकोमा निषेधाज्ञाका कारण अन्तिम समयमा आएर स्थगित गर्नुपरेको थियो ।
समारोहमा विगतमा झैं यसपालि ७ विधामा अवार्ड वितरण गरिनेछ । मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई नगदसहित अवार्ड वितरण गर्ने महासचिव विजय नेपालले बताए । तीमध्ये वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकको उत्कृष्ट ३ मनोनयन सूची सार्वजनिक भैसकेको छ ।
कोरोना भाइरस नियन्त्रणका लागि प्रशासनले गत वैशाख १५ देखि नै चरणबद्ध रुपमा कास्कीसहित विभिन्न जिल्लामा निषेधाज्ञा आदेश जारी राखेको छ ।
यस विषमपूर्ण अवस्थामा कार्यक्रम गर्न सम्पूर्ण निकायबाट आवश्यक सहयोगको अपेक्षासमेत मञ्चले राखेको जनाएको छ । मञ्चको बैठकले कोरोनाका कारण ज्यान गुमाएका पत्रकारप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संक्रमित पत्रकारको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । साथै, स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षितसाथ सञ्चारकर्ममा लाग्न पनि मञ्चले आग्रह गरेको छ ।
सम्बन्धित खबर
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
५ पटकको विश्व विजेता ब्राजिल अन्तिम १६ बाटै बाहिरियो
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो