कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषि, पर्यटन तथा पूर्वाधारमा जोड दिदै ७५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को बजेट सार्वजनिक गर्दै गाउँपालिकाका उपाध्यक्ष सगुन गुरुङले कोभिड १९–को महामारी रोकथामसँगै यसका कारण रोजगारी गुमाएकालाई अवसर दिँदै उत्पादन र उत्पादकत्व वृद्धिलाई प्राथमिकतामा राखिएको बताए ।
गाउँपालिकाले आव २०७८÷७९ का लागि चालुतर्फ रु ५३ करोड २० लाख ७८ हजार र पूँजीगत तर्फ २२ करोड ४ लाख २२ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । विषयगत समिति अन्तर्गत बजेट बाँडफाँट गरिएको जानकारी दिँदै उनले पूर्वाधार विकासतर्फ रु १६ करोड ९६ लाख २२ हजार, आर्थिक विकासतर्फ ४ करोड ४ लाख, सामाजिक विकासतर्फ ४५ करोड ७३ लाख ७८ हजार विनियोजन गरिएको जानकारी दिए।
त्यस्तै वन, वातावरण तथा विपद् व्यवस्थापनमा रु ६३ लाख, सुशासन तथा संस्थागत विकासमा १ करोड ८ लाख र कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ ६ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाले कोरोनाका कारण वैदेशिक रोजगार गुमाएर नेपाल फर्किएका युवालाई अवसरको रूपमा उपयोग गर्दै उनीहरूको अनुभव, सीप क्षमताको समुचित प्रयोग गरी उत्पादनमा आधारित कृषि, पशुपालन, पर्यटन, निर्माण र साना घरेलु उद्योगमा आधारित कार्यमा सहभागी गराई रोजगारका अवसर सिर्जना गरिने विषयलाई बजेटमा समेटिएको छ ।
कृषि क्षेत्रको विकास र प्रवद्र्धन गर्न गाउँपालिकाभित्रका विभिन्न कृषियोग्य जमिनलाई सम्भाव्यताका आधारमा तरकारी, फलफुल तथा नगदेबालीका पकेट क्षेत्रको रूपमा घोषणा गर्दै कृषिको आधुनिकीकरण एवं व्यावसायीकरण गर्न प्रोत्साहित गरिने लगायतका कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ ।
बजेटमा गाउँपालिकाभित्र पूर्वाधार विकास अन्तर्गत बाटोघाटो, पदमार्ग, पुरातात्विक सम्पदा आदि कार्यक्रमलाई प्राथमिकतामा राख्नुका साथै लक्षित वर्ग तथा समुदायको सशक्तीकरण, खानेपानी, पर्यटन प्रवद्र्धन, स्थानीय रैथाने जातको संरक्षणका साथै खाद्य सुरक्षा तथा खाना संरक्षण कार्यक्रम लगायतलाई जोड दिएको छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो