म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले हालैको पहिरोबाट घरबास गुमाएका मालिका गाउँपालिकाका पीडितहरुलाई राहत वितरण गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु गाउँमै पुगेर पहिरो पिडितलाई राहत वितरण गरेका हुन् । मालिका गाउँपालिकाको निस्कोट, रुम, ओखरबोट, डाँडागाउँ र दरबाङका ३१ घरपरिवारलाई नगद राहत वितरण गरिएको प्रशासनले जनाएको छ । पाँच जनासम्म सदस्य भएको परिवारलाई प्रतिपरिवार रु १५ हजार र छभन्दा बढी सदस्य भएका परिवारलाई प्रतिपरिवार रु २० हजारका दरले राहत उपलब्ध गराइएको हो । मालिकामा कुल करिब रु छ लाख वितरण भएको छ ।
प्रशासनका नायब सुब्बा शिव शर्मा, पूर्ण खत्री, लीला चोखाल, आनन्द रिजाल र इलाका प्रहरी कार्यालय दरबाङका सोमबहादुर रानाको टोलीले राहत वितरणका साथै पहिरोले पुर्याएको क्षति र जोखिमको बारेमा जानकारी लिएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समितिको पछिल्लो पटक बसेको बैठकले पहिरोमा घर भत्किएका, पुरिएका, बगेका र क्षति पुगेकाहरुलाई राहत वितरण गर्ने निर्णय गरेको थियो । अन्य पालिकाहरुमा पनि राहत वितरण भइरहेको प्रशासनले जनाएको छ ।
सम्बन्धित खबर
मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत फेला
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
म्याग्दीमा विश्वशान्तिको कामना गर्दै दुई करोड ५० लाख दीप प्रज्वलन
रत्नेचौरमा टिकटक र भिडियो बनाउनेको लर्काे
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो