पोखराका किरण श्रेष्ठलाई स्कुल पढ्दादेखि नै खेलकुदमा रुचि थियो । फुटबल भनेपछि त उनी हुरुक्क हुन्थे । जीवनको सुरुवातमा उनले मार्सल आर्टस् पनि खेले । रोमाञ्चकारी खेल फुटबलमा रुचि बढ्दै जाँदा राष्ट्रिय खेलाडीको यात्रा तयसँगै ३ वर्षदेखि राष्ट्रिय टिमको प्रशिक्षक सम्मालिरहेका छन् ।
पोखराबाट व्यावसायिक खेलजीवन र प्रशिक्षण सुरुआत गरेका ४५ वर्षीय किरण एएफसीको ‘ए’ लाइसेन्स प्राप्त प्रशिक्षक हुन् । पोखराबाट उनीसहित हालसम्म २ जनाले राष्ट्रिय टिमको प्रशिक्षण सम्हालेका छन् । यसअघि कृष्ण थापा थिए ।
उनले पोखरा ड्यामसाइड क्लबबाट खेल सुरुआत गरेको बताउँछन् । त्यसपछि भने सहारा नै उनको लागि बलियो सहारा भइदियो । फुटबल खेलको सुरुआतीमा उनले २०५० सालमै सालमिगल कप खेल्न काठमाडौं गएको अनुभव स्मरण गर्दछन् ।
सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा २०५५ सालमा भएको क्याराभान गोल्डकप खेलेका उनले तत्कालीन आहा गोल्डकप (हाल आहारारा गोल्डकप) का सुरुआती संस्करणहरु खेले । सहारा क्लबबाट खेल्नेक्रममा काठमाडौंको जावलाखेल युथ क्लबमा ए डिभिजन खेले । कास्की जिल्लाबाट जिल्लास्तरीय फुटबल सबै खेले भने तत्कालीन गण्डकी अञ्चलस्तरीय खेलकुद प्रतियोगितामा भाग लिए । गण्डकी अञ्चलबाट त्यसबेला राष्ट्रिय लिग खेलेको उनी बताउँछन् । काठमाडौं साँगास्थित त्यसबेलाको दीपेन्द्र पुलिस स्कुल पढेका उनले त्यतिबेलै फुटबल खेलेको स्मरण गर्दछन् ।
फुटबलमार्फत सामाजिक क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले स्थापित सहारा क्लब पोखराको टिमबाटै उनको यात्रा प्रशिक्षणतर्फ मोडियो । सहाराको टिम हेर्दाहेर्दै काठमाडौंस्थित बौद्ध फुटबल क्लबमा दुई सिजन हेरे । उनले त्यहाँ सन् २०१२ देखि ०१३ प्रशिक्षण सम्हालेका हुन् । त्यसपछि नेशनल लिगअन्तर्गत सुदूरपश्चिम फुटबल क्लबमा हेड कोच सम्हाले । त्यहाँ उनले सन् २०१४ देखि ०१५ सम्म क्लब हेर्न भ्याए । पश्चिमबाट फेरि सहारा क्लब फर्किएका उनी सन् २०१८ देखि भने नेपालको राष्ट्रिय फुटबल टिम प्रशिक्षकमा जमिरहेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई ३ वर्षअघि १२ औं साफ च्याम्पियनसीप लक्षित गर्दै प्रशिक्षक नियुक्त गरेको हो ।
बावु हिराकाजी श्रेष्ठ र आमा विष्णुमाया श्रेष्ठका सुपुत्र किरणका श्रीमती र १ छोरा र १ छोरी छन् । पृथ्वीचोक २०३३ सालमा जन्मेका किरण हाल काठमाडौंमा एन्फामै बस्छन् । हाल साफ च्याम्पियनसीप र एएफसी एशियन कप छनोटका लागि यसै साता क्याम्प सुरु हुँदैछ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पाँचौ पोखरा स्पोर्टस् अवार्डमा उनी उत्कृष्ट प्रशिक्षक विधामा मनोनयनमा परेका छन् । असार १८ मा हुने अवार्ड वितरणमा उनको प्रतिस्पर्धा पौडीका आनन्द कुँवर र बक्सिङका सुरेश मल्ल ठकुरीसँग हुनेछ । तीमध्ये एकले ३५ हजारसहित अवार्ड जित्ने छन् ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो