काठमाडौँ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीले क्षुद्रग्रह दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छ ।
विश्वका विभिन्न देशमा सन् २०१५ देखि यो दिवस मनाउन थालिएको हो । सन् २०१६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले यो दिवसलाई मान्यता दिएपछि भने सन् २०१७ देखि धेरै देशले मनाउन थालेको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए।
सोसाइटीले सन् २०१७ र २०१८ मा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) सँग मिलेर दिवस मनाएको थियो । सौर्यमण्डल बन्दा अवशेषका रूपमा मङ्गल र बृहस्पति ग्रहका बीचमा रहेको भागलाई क्षुद्रग्रह भनिन्छ । यी ग्रह पृथ्वीलाई पार गरेर जान सक्ने भएकाले खतरा रहेको अध्यक्ष भट्टराई बताउछन्।
सन् १९०८ मा रसियास्थित साइबेरियाको जङ्गली क्षेत्रमा सानो क्षुद्र ग्रह आएर टुङुस्का नामको घटना भएको उनले सुनाए। जङ्गली क्षेत्रमा ठोक्किएकाले वन सखाप भएको थियो । यसैले पृथ्वीलाई खतरा हुन सक्ने क्षुद्रग्रहको अध्ययन अनुसन्धान गरिनुृुपर्ने माग सोसाइटीले राख्दै आएको छ ।
सोसाइटीले सन् २०१६ देखि क्षुद्रग्रह खोज अभियान शुरु गरेको छ। यसक्रममा सन् २०२१ को मेसम्म एक हजार १९४ क्षुद्रग्रह सोसाइटीकै नेतृत्मा भएको खोजबाट पत्ता लागेको छ । यीमध्ये ११ वटाले अस्थायी नाम पाएका छन् । एउटा भने पृथ्वीका लागि खतरनाक रहेको छ । यसको नाम २०१९ के के ५ राखिएको छ । यी ग्रह पृथ्वीको कक्ष काटेर जाने बेलामा खतरा मानिन्छन् । क्षुद्रग्रहलाई नाङ्गो आँखाले देख्न सकिँदैन ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’