बागलुङ । ढोरपाटनमा बसोबास गर्ने तिब्बती शरणार्थीको परिचयपत्र नवीकरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयको टोली बुधबार शिविरमै पुगेर ५० शरणार्थीको परिचयपत्र नवीकरण गरेको हो ।
बर्सेनि असार मसान्तभित्र शरणार्थी परिचयपत्र नवीकरण गर्ने गरिएको कार्यालयका प्रशासकीय अधिकृत सूर्यलाल विश्वकर्माले जानकारी दिए। तिब्बतीहरु विसं २०१६ मा शरणार्थीका रूपमा ढोरपाटन पुगेका थिए । पछिल्लो समय ढोरपाटनमा बस्ने शरणार्थीको सङ्ख्या घट्दो छ । शुरुका वर्षमा सयौँ शरणार्थी परिवार त्यहाँ बस्थे । शिविर परिवर्तन, विदेश पलायन र शहरी क्षेत्रमा बसोबास गर्ने क्रम बढेपछि ढोरपाटनमा तिब्बती शरणार्थी घटेका हुन् ।
सरकारले शरणार्थीको बसोबासका लागि अस्थायीरूपमा जग्गा व्यवस्थापन गरेको छ । शरणार्थीले आफ्नै कमाइ र मेहनतमा घर बनाएर बसेका छन् । दशकौँदेखि यहीँको समुदायसँग घुलमिल भएर बसेका उनीहरुले नेपाली नागरिकताको माग गर्दै आएका छन् । भाषिक समस्याका कारण शरणार्थीका बालबच्चा भने पोखरा बसेर पढ्छन् । कतिपय शरणार्थी शहरी क्षेत्रमा पुगेर श्रम र रोजगरीबाट जीविका चलाउने गर्छन् । ढोरपाटनसहित देशका विभिन्न ठाउँमा तिब्बती शरणार्थी बस्छन् ।
सम्बन्धित खबर
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा