स्याङ्गजाको चापाकोटमा मोटरसाइकल दुर्घटना, २७ वर्षीय गैरेको मृत्यु

स्याङ्गजाको चापाकोटमा मोटरसाइकल दुर्घटना, २७ वर्षीय गैरेको मृत्यु

accidentt

स्याङ्जा – मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

जिल्लाको चापाकोट नगरपालिका वडा नं -१ गैरीथर स्थित भित्रि सडक खण्डमा चापाकोटबाट चौधेरातर्फ आउंदै गरेको लु २० प ३९० नंवरको मोटरसाइकल अनियन्त्रित भइ सडकबाट अन्दाजी २० मिटर तल खस्दा सोही स्थान निवासी मोटरसाइकल चालक २७ वर्षका राजु गैरेको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले जानकारी दिए ।

घटनाको जानकारी लगत्तै पुगेको प्रहरीको टोलीले घटनाका सम्बन्धमा अनुसन्धान गरेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ