पोखरा – आइतबार गण्डकीमा थप ३६६ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १९० जनामा गरिएको नमुना परीक्षणमा थप उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज संक्रमण पुष्टि हुनेमा प्रदेशका आठ जिल्लाका छन् । जसअन्तर्गत कास्की १४९ जना, तनहुँका पाँच जना, लमजुङका २१ जना, नवलपुरका १४ जना र स्याङ्गजाका ४६ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, पर्वतका ४२ जना, बागलुङका ८४ जना र म्याग्दीका पाँच जनाको परीक्षणमा दुई जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५७ हजार ११६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ४८० जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५३ हजार १३४ पुगेको छ।
आइतबार गण्डकीमा दुई जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टी हुनेमा पर्वत जिल्ला बिहादी गाउँपालिका -३ निवासी ८२ वर्षीय वृद्ध र तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका -४ निवासी ६० वर्षीय पुरुष रहेका छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९६१ पुगेको निर्देशनालयले जनाएको छ ।


सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह