बाढीले नेपालकै दोस्रो लामो पुलमा क्षति

बाढीले नेपालकै दोस्रो लामो पुलमा क्षति

bridge_dang

देउखुरी । देउखुरीको राप्ती गाउँपालिकास्थित सिसहनियाँ र गढवाको महदेवा जोड्ने राप्ती पुलको दक्षिणतर्फको भागमा आज आएको बाढीले क्षति पुर्‍याएको छ ।

नेपालकै दोस्रो लामो उक्त राप्ती पुलको दक्षिणतर्फको पुलमा जोडिने कालोपत्रे सडक बाढीले भत्काएको हो ।

पुल भएर चल्ने सवारीका साधनलाई रोक लगाइएको छ । क्षति भएको स्थानमा तत्काल मर्मत गर्न सडक डिभिजन कार्यालय नेपालगञ्जलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

कूल ८ सय ६० मिटर लम्बाई र साढे १० मिटर चौडाई रहेको पुल करिब एक अर्ब लागतमा अनक निर्माण सेवाले ४ वर्ष लगाएर निर्माण गरेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ


This will close in 4 seconds