गण्डकीका चार जिल्लामा सञ्चार सेवा अवरुद्ध

गण्डकीका चार जिल्लामा सञ्चार सेवा अवरुद्ध

pahiro

बलेवा । पहिराबाट फाइवरको तार चुडिँदा साविकको धवलागिरि अञ्चलका चार जिल्लामा सञ्चार सेवा अवरुद्ध भएको छ ।

नेपाल टेलिकमको पोखरादेखि बागलुङ ल्याइएको फाइवरको तार पर्वतको कुश्मा नगरपालिका–७ चुवामा पहिराले चुडाइदिएको हो । तार चुडिँदा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा सञ्चारसेवा अवरुद्ध भएको छ । बुधबार रातिदेखि नै फाइवरमा समस्या आएपछि खोजी गर्दा तार चुडिएको भेटिएको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले बताए। “फाइवरबाटै फोन, इन्टरनेट र टिभीसमेत चल्ने हो, एउटै तार भएकाले चुडिँदा सबै अवरुद्ध हुन्छ”, शर्माले भने, “बाढी मिसिएको पहिरो बगिरहेकाले तत्काल मर्मत गर्नसमेत सकिएको छैन ।” पहिरो खसेको ठाउँमा टेलिकमले प्राविधिक पठाइसकेको जनाइएको छ । वर्षा भइरहेकाले तत्काल मर्मत असम्भव रहेको शर्माले बताए।

इन्टरनेट र टेलिफोन सेवा नचलेका कारण बिहानको समयमा मात्रै खुल्ने बैंक तथा वित्तीय संस्था प्रभावित भएका छन् । असार मसान्तको बेला भएकाले भुक्तानीका काम रोकिँदा सरकारी कार्यालयमा समेत समस्या भएको छ । निजी कम्पनीका इन्टरनेट सेवा प्रदायकको इन्टरनेटसमेत चलेको छैन । एनसेएलको मोबाइल र डाटाले भने काम गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ


This will close in 2 seconds