एएफसी यू २३ च्याम्पियनसीप छनोटः नेपाल समूह बी मा

एएफसी यू २३ च्याम्पियनसीप छनोटः नेपाल समूह बी मा

Nepal football team

काठमाडौँ । एएफसी यू २३ च्याम्पियनसीप छनोटमा नेपाल समूह बी मा परेको छ ।

एसियाली फुटबल महासङ्घ (एएफसी) ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल रहेको वेष्ट जोन समूहमा इरान, ताजकिस्तान र लेबनान रहेका छन् । समूह बी का खेल ताजकिस्तानमा सञ्चालन हुनेछन् । नेपालले पाँचौँ पटक यु–२३ छनोट प्रतियोगिता खेल्न लागेको हो । नेपाल हालसम्म छनोट चरण पार गर्न असफल भएको छ ।

एएफसी यू २३ च्याम्पियनसीप छनोट प्रतियोगिताका लागि २३ देशलाई ६ समूहमा विभाजन गरिएको छ । पाँच समूहमा चार चार तथा एउटा समूहमा तीन देश रहेका छन् । यस्तै इस्ट जोनमा रहेका १९ देशलाई पाँच समूहमा विभाजन गरिएको छ । छनोट चरणका खेल आगामी कात्तिक ६ देखि १४ गतेसम्म सञ्चालन हुनेछन् । एएफसी यू २३ च्याम्पियनसीप भने सन् २०२२ को जून महिनामा उज्वेकिस्तानमा आयोजना हुनेछ । उज्वेकिस्तान आयोजकको रुपमा सो प्रतियोगिताका लागि स्वतः छनोट भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ


This will close in 3 seconds