गोरखामा सहकारीबाट ३० लाख चोरी

गोरखामा सहकारीबाट ३० लाख चोरी

chori-1

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङको भीमकुल बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको छ ।

शुक्रबार राति उक्त सहकारीबाट करिव ३० लाख रुपैयाँ नगद र एउटा कम्प्युटर चोरी भएको अध्यक्ष कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।

सहकारी संस्थामा रहेको एउटा कम्प्युटर पनि चोरी भएको उनले बताए । राति करिब सवा तीन बजे सहकारीको मूल गेट फुटाएर ऋण शाखाको सेफमा रहेको रकम चोरी भएको उनले बताए ।

सिसिटिभी फुटेजमा दुई जना व्यक्ति देखिएको तर पहिचान हुन नसकेको बताइएको छ ।

घटनाबारे थप अनुसन्धान गर्न बोर्लाङ प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ