पोखरा । नेपाल मगर पत्रकार संघ, कास्कीले प्रदान गर्दै आएको “राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार–२०७८”बाट यस वर्ष कास्कीका पत्रकार एमबी आस्था मगरलाई पुरस्कृत गरिने भएको छ ।
राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालले स्थापना गरेको सो पुरस्कारबाट एबीसी न्यूज टेलिभिजनका गण्डकी प्रदेश ब्यूरो प्रमुख मगरलाई पुरस्कृत गरिन लागेको संघका अध्यक्ष रूद्रबहादुर हितानमगरले जानकारी दिए। पुरस्कारको राशि १० हजार रुपैयाँ नगद र ताम्रपत्र रहेको छ ।
पुरस्कारका लागि गठित प्रतिभा छनौट समितिले सिफारिस गरे अनुसार मगर पत्रकार संघ, कास्कीको शनिबार सम्पन्न बैठकले पत्रकार मगरको नाम सर्वसम्मत अनुमोदन गरेको हो । संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगरको संयोजकत्वमा गठित छनौट समितिमा हर्क आलेमगर, तारामाया थापामगर, नरमाया आलेमगर र रूद्रबहादुर हितानमगर रहेका थिए।
मगर जातिको मौलिक संस्कृतिको रुपमा रहेको कौरा नाचको उत्थान र प्रवद्र्धनमा पत्रकारितामार्फत् योगदान पुर्याउने एक जना मगर पत्रकारलाई हरेक वर्ष यस पुरस्कारबाट सम्मान गरिँदै आएको छ । पुरस्कार हरेक वर्ष जेठ १५ गते कौरा संरक्षण समितिको स्थापना दिवसका दिन प्रदान गरिने भएपनि कोरोना महामारीका कारण ढिलाइ भएको समितिका अध्यक्ष हर्क आलेमगरले जानकारी दिए।
यसअघि, सो पुरस्कारबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) की कमला रानामगर, कास्कीका तिलकप्रसाद पुनमगर र तनहुँका प्रताप रानामगर पुरस्कृत भइसकेका छन्। साउने संक्रान्तिको विशेष पारेर आयोजना गरिने विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिने कार्यसमिति सदस्य मीना थापामगरले जानकारी दिइन्।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’