पर्वतको एकै गाउँका १२ बालबालिकामा कोरोना पुष्टि

पर्वतको एकै गाउँका १२ बालबालिकामा कोरोना पुष्टि

kathmandu

पर्वत । पर्वतको एउटा गाउँमा १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिका–८ चुवामा १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।

वडाध्यक्ष राजकुमार क्षेत्रीका अनुसार १३ महिनादेखि ११ वर्ष उमेर समूहका बालबालिका संक्रमित भएका हुन् ।

रुघाकोकी, ज्वरोलगायतका लक्षण देखिएपछि गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको उनले बताए ।

बालबालिका धमाधम संक्रमित भएकाले यो नयाँ भेरियण्ट हुनसक्ने आशंका गरिएको छ ।

पर्वतमा संक्रमणको यो घटना तेस्रो लहरको संकेतका रुपमा व्याख्या गरेपनि भेरियण्टको परीक्षण गर्न स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशलाई अनुरोध गरिएको वडाध्यक्ष क्षेत्रीले बताए ।

चुवामा मात्रै अहिले बालबालिकासहित विभिन्न उमेरका ४२ जना सक्रिय संक्रमित रहेका छन् ।

हाल पर्वतमा सक्रिय संक्रमितको सङ्ख्या २०० रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ