मुस्ताङमा काठको पुल भाँचिएर ट्रकमा सवार २ जनाको मृत्यु, ४ घाइते

मुस्ताङमा काठको पुल भाँचिएर ट्रकमा सवार २ जनाको मृत्यु, ४ घाइते

bridge

सांकेतिक तस्विर

मुस्ताङ्ग । काठको पुल भाँचिदा ट्रकमा सवार सात मध्ये दुई जनाको ज्यान गएको छ। 

जिल्लाको घरपोङ गाउँपालिका वडा नं -५ ठिनीखोला स्थित आइतबार बिहान अन्दाजी ८ :३० बजेको समयमा जोमसोमबाट धुम्बा जाँदै गरेको ग १ ख ६८५२ नंवरको ट्रक ठिनी खोलामा रहेको अस्थायी काठको पुल भाँचिंदा ट्रकमा सवार दुई जनाको ज्यान गरेको प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीले जानकारी दिए। 

केसीका अनुसार ज्यान गुमाउनेमा रामेछाप जिल्ला गोकुल गंगा गाउँपालिका वडा नं  -१ बस्ने ३८ वर्षीय चित्र बहादुर श्रेष्ठ र सोही ठेगाना भएका वर्ष २६ की मनिका श्रेष्ठ रहेकी छन् । उनीहरुको घटनास्थलमै ज्यान गएको हो। 

घटनामा घाईते चार जनाको जिल्ला अस्पताल जोमसोममा उपचार भैरहेको छ। घटनास्थलमा खटिएको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ