काठमाडौँ । जनकपुर–जयनगरको रेलवे ‘ट्रयाक स्पीड’ परीक्षण सफल भएको छ । रेल खरिद गरी ल्याइएको दश महिनापछि हिजो आइतबार नेपाल–भारत सीमावर्ती क्षेत्रको उक्त रूटमा रेल सञ्चालनका लागि रेलवे ट्र्याकको संरचनाका साथै स्पीड परीक्षण गरिएको हो ।
परीक्षण सफल भएसँगै नेपालमा रेल सञ्चालनका लागि बाटो खुलेको छ । यद्यपि नियमित रूपमा ती रेल कहिले सञ्चालन हुन्छन् भन्ने विषय भने यकिन भइसकेको छैन ।
अन्तरदेशीय रेलमार्ग सञ्चालनका लागि नेपाल रेलवे कम्पनीले आइतबार भारतको रेल ल्याएर ट्र्याक परीक्षण गरेको हो । भारतको विहारस्थित जयनगर स्टेशनदेखि नेपालको जनकपुर कुर्था स्टेशनसम्म (३५ किलोमीटर लामो) परीक्षणका लागि सञ्चालन गरिएको रेल २३ मिनेटमा आइपुगेको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । जयनगरबाट नेपालकोे रूटमा आउँदा लगभग प्रतिघण्टा ६० किलोमीटर (किमी)को गति रहेको भन्दै उनले जनकपुरको कुर्था स्टेशनबाट फर्किंदा भने प्रतिघण्टा ११५ किमीको गति रहेको जानकारी दिए ।
रेल सञ्चालनका लागि भाडादरसमेत निर्धारण गरिएको छ । न्यूनतम रू. १५ सम्म तोकिएको र प्रतिघण्टाका हिसाबले रू. २ थपिँदै जाँदा उक्त रूटमा आवतजावत गर्दा प्रतियात्रुले रू. ७५ सम्म तिर्नुपर्ने व्यवस्था गरिएको छ । रेलमा डिलक्स सीट पनि भएकाले त्यसमा यात्रा गर्न चाहनेको लागि प्रतियात्रु रू. ३०० भाडादर कायम गरिएको छ।
रेलमा ७६ ओटा डिलक्स सीट रहेका छन् । यससँगै सामान्य सीट तथा उभिएर एउटा रेलमा झन्डै १३ सय मानिसले यात्रा गर्न सक्छन् ।
सरकारले जिटुजी (गभर्मेन्ट टू गभर्मेन्ट) प्रक्रिया मार्फत ८४ करोड ६५ लाख ९५ हजार रुपैयाँमा भारतसँग खरिद गरेको दुईवटा रेल गत वर्ष असोज २ गते जनकपुर रेल्वे स्टेशनमा पार्किङ अवस्थामा राखिएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु