पोखरा रंगशालामा फ्लड लाईट राख्न सकिएमा अन्तर्राष्ट्रियस्तरका खेल प्रतियोगिता गर्ने एन्फाले तयारी गरेको छ ।
एन्फा केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पाले यसका लागि एन्फाको पहलमा संघ सरकारबाट ६ करोड रुपैयाँ बजेट विनियोजन भएको जानकारी दिए । उनले प्रदेश सरकारबाट पाँच करोड आवश्यक पर्ने भन्दै यसका लागि गण्डकी सरकारसँग कुराकानी अघि बढाइएको बताए ।
पोखरा रंगशालामा फ्लड लाइटसहित स्कोर बोर्ड समेत राख्न सकिएमा रातका समयमा समेत अन्तर्राष्ट्रिय खेल प्रतियोगिता गर्न सकिने भएकाले विशेष प्राथमिकतामा राखेको शेर्पाले बताए । एन्फाले आफ्ना केन्द्रीय सदस्य तथा फुटसल संयोजक रत्नकुमार श्रेष्ठलाई प्रदेश सरकारसँग कुरा गर्न खटाएको छ ।
श्रेष्ठले प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङसँग भेट गरेर यसबारे जानकारी गराएका छन् । ‘प्रदेशले पाँच करोड विनियोजन गरेमा फुटबलसहितका खेल गर्न सकिन्छ भनेर जानकारी गराएँ,’ श्रेष्ठले भने,‘उहाँ सकारात्मक हुनुहुन्छ ।’
उनले यस अघि प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेसँग समेत भेटवार्ता गरेका थिए । ‘दुवैजनाको सकारात्मक जवाफ आएको छ,’ उनले भने,‘मुख्यमन्त्रीसँग पनि भेटेर यो काम पुरा गर्ने लक्ष्य छ ।’
खेल मन्त्री गुरुङले प्रदेशमा खेल क्षेत्रको विकास र युवा सशक्तिकरणसँगै आयआर्जनसँग जोड्ने लक्ष्य रहेको भन्दै सघाउन तयार रहेको प्रतिवद्धता जनाएको श्रेष्ठले बताए ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर