पोखरा आउंदै गरेको बसबाट १३८ एम्पुल लागु औषधसहित पर्वतका २ युवक पक्राउ

पोखरा आउंदै गरेको बसबाट १३८ एम्पुल लागु औषधसहित पर्वतका २ युवक पक्राउ

police-arrest

सांकेतिक तस्विर

तनहुँ । पोखरा आऊँदै गरेको यात्रुवाहक बसबाट अवैध लागु औषध सहित दुई युवक पक्राउ परेका छन् ।

मंगलबार दिउँसो अन्दाजी ४ :२५ बजेको समयमा बुटवलबाट पोखरातर्फ आउंदै गरेको बसबाट पर्वत जिल्ला कुश्मा नगरपालिका -५ बस्ने २६ वर्षीय बिकु मगर र सोही ठेगाना भएका २५ वर्षीय उमेश क्षेत्री पक्राउ परेको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।

पौडेलका अनुसार तनहुँको ब्यास नगरपालिका -२ भोर्लेटारचोक स्थित पृथ्बी राजमार्गमा खटिएको प्रहरीको पिकेट टोलीले उक्त बसलाई चेक जाँच गर्ने क्रममा उनीहरुको साथबाट फेनेरागन ४६ एम्पुल, डाइजेपाम ४६ एम्पुल र नुर्फिन ४६ एम्पुल गरी जम्मा १३८ एम्पुल लागु औषध वरामद गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ