वरिष्ठ कलाकार उत्तम नेपालीको निधन

वरिष्ठ कलाकार उत्तम नेपालीको निधन

uttam-nepali

काठमाडौँ। वरिष्ठ कलाकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य उत्तम नेपालीको ८५ वर्षको उमेरमा निधन भएको छ ।

उनको बुधबार बिहान ४ बजे मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा निधन भएको हो ।

केही वर्षअघि अमेरिका भ्रमणका क्रममा हृदयघात भएपछि बिरामी परेका नेपालीलाई फोक्सोको समस्या भएको थियो । उनको आजै अन्त्येष्टि गर्ने तयारी छ ।

नेपाली आधुनिक चित्रकलाका शिखर व्यक्ति नेपालीले चौध पटकभन्दा बढी एकल चित्रकला प्रदर्शनी गरेका थिए । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ