चीनबाट आइपुग्यो १० लाख डोज कोरोना खोप

चीनबाट आइपुग्यो १० लाख डोज कोरोना खोप

corona vaccine

काठमाडौँ । नेपाल सरकारले चीनसँग खरिद गरेको कोरोना भाइरसविरुद्धको थप १० लाख डोज ‘भेरोसेल’ खोप बिहीबार दिउँसो नेपाल आइपुगेको छ ।

बेइजिङबाट १० लाख भेरोसेल खोप लिएर नेपाल वायुसेवा निगमको एयरबस आज सवा २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

खोप ल्याएर आएको जहाज आजै राति अर्को १० लाख डोज लिन बेइजिङ उड्ने कार्यतालिका रहेको निगमले जनाएको छ। त्यसैगरी खरिद गरिएको खोपको चौथो लट लिन साउन ९ गते निगमको जहाज चीन जानेछ।

चीनबाट अबको तीन दिनभित्र २५ लाख खोप आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालले चीनको खोप उत्पादक कम्पनी साइनोफार्मबाट उत्पादन भएको ४० लाख भेरोसेल खोप खरिद गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ