नवलपुरमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय युवक बेपत्ता

नवलपुरमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय युवक बेपत्ता

dubera bepatta

सांकेतिक तस्विर

नवलपुर । नलपरासी (बर्दघाट–सुस्तापूर्व) मा पौडी खेल्ने क्रममा डुबेर एक युवक बेपत्ता भएका छन्।

जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नं. ५ स्थित भैँसी खोलामा पौडी खेल्ने क्रममा स्थानीय १६ वर्षीय हिमाल लम्का मगर बिहीबार अपराह्न डुबेर बेपत्ता भएका हुन्।

छिमेकीको मलामी गएर फर्किँदै गर्दा स्थानीय भैँसी खोलाको बाँधमा पौडी खेल्ने क्रममा मगर डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता भएका मगरको इलाका प्रहरी कार्यालय दुम्कीबासबाट खटिएको प्रहरी टोलीका साथै स्थानीयवासी मिलेर खोजी कार्य जारी राखिएको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ