गत जेठ १४ गतेदेखि बाढीपहिराको जोखिममा परेको जिल्लाको सडक सञ्जाल पूर्णरुपमा विच्छेद छ । लामो समयदेखि सडक, सञ्चार, विद्युत्बाट टुटेको यहाँको पुनःव्यवस्थापन गर्नुपर्ने अवस्था छ । बाढीपहिरोले बगाएको सडकको निसानासमेत विलिन छ ।
मस्र्याङ्दी नदीको किनारैकिनार हुँदै यहाँका विभिन्न स्थान पुग्ने सडक सञ्जालका प्रायजसो ठाउँमा नयाँ ट्रयाक खोल्नुपर्ने भएको छ । सडकको निसान पूर्णरुपमा बाढीपहिराले बगाएको छ । त्यस्ता स्थानमा नयाँ ट्रयाक निर्माण गर्न मिल्ने नमिल्ने, सुरक्षित सडक सञ्जाल निर्माणका लागि अध्ययन तथा अनुगमन गर्न पूर्वश्रम तथा रोजगार राज्यमन्त्री एवं नेपाली कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङ सैनिक प्रविधिकको टोलीसहित मनाङ पुगेका छन् ।
पूर्वमन्त्री गुरुङ नेपाली सेनाका महासेनानी इञ्जिनीयर इन्दीवर गुरुङ, अन्य प्राविधि टोलीसहित गण्डकी प्रदेशसभा सदस्यद्वय चिन्ताबहादुर घले र यशोदा सुवेदी गुरुङ, प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास खड्का तथा समाजसेवी खामसुङ गुरुङ नेपाली सेनाको हेलिकप्टरमार्फत पुगेका हुन् ।
टोलीले धारापानी र ताल क्षेत्रको पनि स्थलगत अवलोकन तथा अध्ययन गरेको स्थानीयवासी थुदेन लामाले जानकारी दिए । साथै सो टोलीले विभिन्न समयमा आएको बाढीपहिराले अवरुद्ध रहेको बेंसीशहर–चामे सडकखण्ड पुनःसञ्चालन गर्नका लागि अध्ययन गर्ने प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए ।
“लामो समयदेखि लगातारको वर्षाले नयाँ ट्रयाक खोल्दा समस्या हुनसक्छ, पहिले अध्ययन र अनुगमनपश्चात् मात्रै सुरक्षित सडक सञ्जाल निर्माणमा गर्ने सेनाको प्राविधिक टोलीको तयारी छ”, उनले भने । माटोको अवस्था अध्ययन तथा अनुगमनपछि सेनाको प्राविधिक टोली बेंसीशहर–चामे सडकखण्डको नयाँ ट्रयाक खोल्न खटिने जनाइएको छ ।
सम्बन्धित खबर
मनाङमा यार्सा टिप्न गएका धादिङका आकाशको मृत्यु
मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरू
मनाङ सदरमुकाम चामेमा पहिलो पटक पुग्यो बस
मनाङको फू गाउँमा सशस्त्रको ‘बीओपी’ राखिने
मनाङमा सार्वजनिक गाडी सञ्चालन हुने
मनाङमा एउटा एम्बुलेन्ससमेत छैन
यो पनि पढौँ
पत्रकार महासंघका पूर्व सदस्य बास्तोलाको निधन
अपडेटः लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका
धादिङबाट पोखरा आउँदै गरेको ईभी माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु
विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापक डा. देवीलाल शर्मालाई कारबाही