पोखरामा अवैध नदिजन्य पदार्थ उत्खनन गर्ने ५५ वटा सवारी प्रहरी नियन्त्रणमा

पोखरामा अवैध नदिजन्य पदार्थ उत्खनन गर्ने ५५ वटा सवारी प्रहरी नियन्त्रणमा

tipar-baluwa-dhunga

सांकेतिक तस्विर

पोखरा। कास्की प्रहरीले अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा एकैपटक ५५ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले शनिबार बिहान अन्दाजी ८ बजेको समयमा पोखरा महानगरपालिका वडा नं -१९ पुरनचौर स्थित ढोडेनीघाटमा गिट्टी तथा बालुवा उत्खनन् गरिरहेको अवस्थामा ५५ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको कास्की प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

हमालका अनुसार नियन्त्रणमा रहेकामा टिपर २२ वटा, मिनी टिपर १७ वटा र ट्याक्टर १६ वटा गरी जम्मा ५५ वटा सवारी साधनहरु छन्।

नियन्त्रणमा लिइएका सवारी साधनहरुलाई पोखरा महानगरपालिकाको कार्यालय पठाइएकोमा बाँकी कारवाहीको प्रक्रिया महानगरले अगाडी बढाउने प्रवक्ता हमालले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ