पोखराका पर्यटन व्यवसायीद्वारा पहिलो चरणमा ५ हजार खोप माग

पोखराका पर्यटन व्यवसायीद्वारा पहिलो चरणमा ५ हजार खोप माग

corona vaccine

पोखराका पर्यटन व्यवसायीले पर्यटनसम्बद्ध मजदुर एवं व्यवसायीका लागि तत्काल पाँच हजार मात्रा खोपको माग गरेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई नेतृत्वको टोलीले मङ्गलबार गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’लाई भेट गरी थलिएको पर्यटनलाई चलायमान बनाउनका लागि तत्काल खोपको व्यवस्था गर्नुपर्ने माग गरेको हो ।

उनले भने, “अहिलेको अवस्थामा हामीलाई ५ हजार मात्र खोप उपलब्ध गराए पनि हामीले पर्यटन प्रवद्र्धन हुने गरी पर्यटकीय गतिविधि समेत सञ्चालन गर्न सक्ने अवस्थामा हुन्छौं, अन्यथा हामीले व्यवसाय सञ्चालनमा कठिनाइ हुन सक्छ ।”

अर्थमन्त्री बरालले प्रदेश सरकारले खोप व्यवस्थापन गर्न केन्द्र सरकारसँग पनि पहल गर्ने आश्वासन दिए । पोखरा पर्यटन परिषदको नेतृत्वमा पोखराका अगुवा पर्यटनकर्मीहरु अर्थ मन्त्रालय पुगेर अर्थ मन्त्री बराललाई बधाई दिँदै व्यावसायिक जीवन रक्षा कोषबाट समस्यामा परेका व्यवसायीलाई राहत उपलब्ध गराउन माग समेत गरे ।

मन्त्री बरालले कोरोनाबाट थलिएको पर्यटन व्यवसायीको मागलाई सम्बोधन गर्न आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने बताए । उनले भने, “यतिवेला जनतासँग प्रत्यक्ष भेटघाटमा हामी व्यस्त भएका छौं, जनताको आवश्यकताको आधारमा हामीले प्रथामिकता दिनेछौं ।” परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले आफूहरुलाई हाल पहिलो चरणमा होटल तथा रेष्टुरेण्ट सहितका मजदुर एवं व्यवसायीहरुलाई लक्षित गरी ५ हजार कोरोना बिरुद्धको खोप आवश्यक भएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds