आज साउन १५ अर्थात खीर खाने दिन

आज साउन १५ अर्थात खीर खाने दिन

khir

आज साउन १५ अर्थात् खीर खाने दिन हो । यस दिनलाई अधिकांश नेपालीले खीर खाएर मनाउने गर्छन्

बर्खा यामको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने चलन चलेको हो ।

आजको दिन परिवारका सदस्य, आफन्त र छिमेकीसँग बसेर खीरलगायत मिष्ठान्न परिकार खाने गरिन्छ । स्वास्थ्यका दृष्टिले मरिच, सुकेको नरिवल, दालचीनीलगायतका मसला राखेर बनाइएको खीर यो मौसमका लागि उपयुक्त मानिन्छ ।

साउन १५ लाई राष्ट्रिय खीर दिवसका रुपमा मनाउन केही नेपालीहरुले सरकारलाई प्रस्तावसमेत गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ