कुम्भकर्णजस्ता बेहुला : ​बिहेमै निदाए, जन्तीले बोलाउँदा पनि उठेनन्

कुम्भकर्णजस्ता बेहुला : ​बिहेमै निदाए, जन्तीले बोलाउँदा पनि उठेनन्

viral behula

भारतमा विवाहका क्रममा विभिन्न कार्यक्रमहरु हुन्छन् । यसमध्ये वरमाला एक हो । अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जहाँ वरमालाको स्टेजमा फोटो खिचाउँदा खिचाउँदै थकित बनेका एक बेहुला निदाएका छन् ।

वरमालाको कुर्सीमा बस्दाबस्दै दुलाहा निदाएपछि त्यहाँ उपस्थित भएकाहरुले उनलाई उठाउने कोसिस गरेका छन् । तर, ती व्यक्तिहरुले उठाउन खोज्दा पनि उनको निद्रा खुलेन । उनी कुम्भकर्ण जसरी गहिरो निद्रामा थिए । उनीसँगै बसेकी दुलही भने ट्वाल्ल परेर यो सबै हेरिरहेकी छिन् ।

यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । र, मानिसहरुले बेहुलाको निद्राको कारण जान्ने कोसिस गरिरहेका छन् । भारतमा कोरोनाकालमा बिहेमा सहभागी हुनका लागि मानिसहरुलाई निश्चित कोटा तोकिएको छ । मापदण्डभन्दा धेरै संख्यामा पाहुनाहरू बोलाउन पाइदैन ।

त्यहीकारण मानिसहरुले अनलाईन वा युट्युबमै बिहेका भिडियोहरू हेरेर टिप्पणी गर्न थालेका छन् । र, अहिले पुराना भिडियोहरू पनि भाइरल हुन थालेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ