पत्रकार रञ्जन अधिकारीलाई समाचारको विषयमा असम्बन्धित पक्षबाट धाकधम्की आएकोमा प्रेस चौतारी कास्कीले आपत्ति जनाएको छ । पत्रकार अधिकारीले गण्डकन्यूज डटकमका लागि गत साउन ६ गते बुधबार ‘काहुँको कालिका माविमा व्यापारः सरकारी अनुदान लिने, निःशुल्क किताब फर्जी बिल भिडाउँदै बेच्ने (भिडियोे)’ शीर्षकमा समाचार लेखेका थिए ।
सो विद्यालयकी प्रधानाध्यापक निर्मला मानन्धरका श्रीमान् बताउने श्रीकृष्ण श्रेष्ठले लगातार फोन, म्यासेज, एसएमएस मार्फत धाकधम्की दिएका हुन् । प्रेस चौतारी कास्कीका संयोजक अर्जुन गिरीले शुक्रबार विज्ञप्ति जारी गर्दै संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
विज्ञप्तिमा उल्लेख छ – साधारण सदस्य रञ्जन अधिकारीले लेखेको समाचारको विषयलाई लिएर नवलपरासी घर भई पोखरा ११ बस्दै आएका श्रीकृष्ण श्रेष्ठले अधिकारीलाई तीन दिनसम्म फोन मार्फत् तनाव दिने, फेसबुक म्यासेन्जरमा होच्याउने/गिज्याउने, एसएमएसमार्फत् धम्की दिने, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको पावर चलाउँछु भन्दै धाकधम्की लगाउने कार्य भएकोमा प्रेस चौतारी नेपाल, कास्की शाखाको गम्भिर ध्यानाकर्षण भएको छ ।
प्रकाशित समाचारमा चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिल मार्फत कानुनी उपचार खोज्ने विकल्प हुँदा हुँदै सत्ता शक्तिको धाक धम्कीमा उत्रिनु असैह्य हर्कत हो । यस्ता गतिविधिहरु हुनु समग्र पत्रकारिता क्षेत्रमाथिकै हमला भएकाले निन्दनीय र भत्र्सनायोग्य छन् ।
साथै, समाचारको तथ्यसत्यलाई तोडमोड गरी भ्रम सिर्जना गर्न गैह्रपत्रकारको प्रयोग गरिएको, प्रेस कार्ड भिरेर प्रहरीलाई प्रभाव पार्न उद्धत रहेको, भ्रम फैलाएपछि भिडियो सामाग्री डिलिट गरिएको र तत्पश्चात् पनि धाकधम्की दिने गरी भएगरेका गतिविधिप्रति पनि प्रेस चौतारी नेपाल, कास्की शाखाको गम्भिर ध्यानाकर्षण भएको छ ।
पत्रकारमाथि यस्ता धम्की आउँदा पत्रकार महासंघले अभिभावकत्व ग्रहण गर्दै श्रमजीवि पत्रकारको मनोबल गिर्न दिनुहुँदैन भन्ने हाम्रो संगठनको मान्यता छ । यो दायित्वबाट महासंघ चुक्नु हुँदैन ।
अतः यस कार्यमा संलग्न समाचारसँग असम्बन्धित व्यक्ति श्रीकृष्ण श्रेष्ठ र प्रयोग भएका सफल सुवेदी नामका व्यक्तिलाई कानुनानुसार कडा भन्दा कडा कारबाही होेस् भनी जोडदार माग गर्दछौँ ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ