खेलकुद पत्रकार गण्डकीका उपाध्यक्ष अधिकारीलाई धम्की दिएकोमा मञ्चको ध्यानाकर्षण

खेलकुद पत्रकार गण्डकीका उपाध्यक्ष अधिकारीलाई धम्की दिएकोमा मञ्चको ध्यानाकर्षण

nsjfbigcov

नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीका उपाध्यक्ष रञ्जन अधिकारीलाई समाचारको विषयमा धम्की दिइएकोमा मञ्चले ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा उल्लेख छ – ‘प्रकाशित तथा प्रसारित समाचारप्रति कुनै असन्तुष्टि वा चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिल नेपालमा उजुरी दिने विकल्प हुँदा हुँदै मानसिक तनाव दिई म्यासेन्जर तथा एसएमएसमार्फत होच्याउने, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको पावर चलाउँछु भन्दै धाकधम्की दिने गरिएको कार्यको मञ्चले निन्दा गर्दछ ।

सो कार्यमा संलग्न रहेका भनिएका श्रीकृष्ण श्रेष्ठ र सफल सुवेदीलाई कानुनी दायरामा कडा भन्दा कडा कारबाही गरी प्रेस स्वतन्त्रताको रक्षाका लागि सरोकारवाला निकायसँग जोडदार माग गर्दछौं ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ