गण्डकी प्रदेशमा थप ५०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ११५ जनाको नमुना परिक्षण गरिएकामा ५०० जनामा संक्रमण देखिएको हो।
प्रदेशका १० जिल्लामा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै म्याग्दीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।
उनका अनुसार कास्की १४८, बागलुङ १६, स्याङ्जा ६७, म्याग्दी १, पर्वत ७१,गोरखा ४३, लमजुङ १६,तनहुँमा ५३ र नवलपुरमा ८५ जनामा संक्रमण देखिएको हो । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६९ हजार ६५१ पुगेको छ ।
प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१९ की ९८ बर्षिया महिला, कास्कीको माछापुच्छ्रे«–६ का ९५ बर्षिय पुरुष, स्याङजा वालिङ–९ की ७४ बर्षिया महिला र नवलपरासी पूर्व कावासोती–३ की ८५ बर्षिय कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १०९ जना पुगेको छ।
प्रदेशमा पछिल्लो २४ घण्टामा १५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ८५६ पुगेको छ ।
त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह