गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
विश्व फुटबलका सुपरस्टार लियोनल मेस्सीले रुँदै बार्सिलोना छाडेका छन् । क्लब छाड्नुअघि क्याम्प नाउमा आयोजित प्रेस मिटमा गहभरी आँसु लिएर ड्यासमा उपस्थित मेस्सी आफ्नो भनाई राखेपछि अन्तिममा भक्कानिएर रोए । हलमा उपस्थित सबैले गड्गडाहट तालीले सम्मान दर्शाएपछि उनले आफूलाई रोक्न सकेनन् । पत्नी र सन्तान पनि प्रेस मिटमा उपस्थित थिए ।
Pic. FC Barcelona Youtube Live
निरन्तर २१ वर्ष बार्सिलोनामा बिताएका मेस्सीले आफूले क्लब छाड्ने कहिल्यै कल्पना नगरेको बताए । जहाँबाट मेस्सीले फुटबल यात्रा अघि बढाए, अहिले सोहि क्लब छाड्नुपर्दा मेस्सी अत्यन्त दुःखित बने । ‘म र मेरो परिवार यही बस्न तयार भएका थियौं’ उनले भनेका छन् ।
गत वर्ष प्रशिक्षकका कारण मेस्सीले क्लब छाड्न चाहेका थिए तर अहिले त्यो मतभेदको अवस्था थिएन । नयाँ प्रशिक्षक आएपछि बार्सिलोनामै ५ वर्षको सम्झौता गर्ने तयारी समेत भएको थियो । सन् २००४ देखि ‘क्याम्प नाउ’बाट फुटबल खेल्दै आएका मेस्सी सन् २०२६ सम्म ‘क्याम नाउ’मै बस्ने तयारीमा देखिएका थिए । कोपा अमेरिका उपाधि जितेर अर्जेन्टिनाबाट बार्सिलोना फर्केका मेस्सीसँग सम्झौता नवीकरण गर्ने पक्षमा बार्सिलोना पनि थियो ।
नयाँ सम्झौताका लागि मेस्सी तयार रहे पनि आर्थिक कारणले त्यो सम्भव नभएपछि उनले बार्सिलोना छाडेका हुन् । उनले क्लबको आर्थिक अवस्थाका कारण ५० प्रतिशत तलब घटेर पनि बस्न राजी भएको समाचार आएका थिए । क्लबको आर्थिक समस्या र ला लिगाको नियमका कारण मेस्सीले आफूले दुई दशक बिताएको क्लब छाड्नुपर्यो भने क्लबले पनि मेस्सी गुमाउनुपर्यो ।
यससँगै आधुनिक फुटबलका एक महान खेलाडीको क्याट्लान क्लब बसाई औपचारिक रुपमै टुंगिएको छ । मेस्सी बार्सिलोनामा २१ वर्ष रहे । जसमध्ये उनले सिनियर टीममा १७ वर्ष बिताए ।
बार्सिलोनाबाट मेस्सी अलग हुने भए पछि उनी कुन क्लबमा आवद्ध होलान् भन्ने चासोका साथ हेरिएको छ । जुन ३० तारीखमा औपचारिक रूपमा बार्सिलोनासँग सम्झौता अन्त्य भएसंगै मेस्सी कुनै क्लबसँग आबद्ध थिएनन्।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनी पेरिस सेन्ट जर्मन (पीएसजी) मा आवद्ध हुने सम्भावना लगभग निश्चित छ ।
Pic. FC Barcelona Youtube Live
पीएसजीसँग मेस्सीले दुई वर्षका लागि सम्झौता गर्न सक्ने र त्यसका लागि क्लबले करबाहेक वार्षिक ४ करोड युरो तलब दिने तयारी गरेको बताइएको छ । पीएसजीमा बार्सिलोनामा मेस्सीसँगै खेलेका ब्राजिलियन स्टार नेयमार पनि छन् । नेयमार भन्दा मेस्सीले बढी तलब लिनेछन् । नेयमारले लगाइरहेको जर्सी १० भने मेस्सीले नलगाउने बुझिएको छ । यद्यपी, मेस्सीका लागि नेयमारले १० नं. जर्सी छाड्न तयार रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बार्सिलोनामा रहँदादेखि नै निकट मित्र उनीहरु एकै क्लबमा रहँदा खुशी भएका छन् ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै
१० औं पोखरा स्पोर्टस् अवार्ड: प्रदीप र नारायणी वर्ष खेलाडी घोषित
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ