पोखराको सिर्जनाचोक स्थित पोखरा मल्टिमोडल क्याम्पसले अनलाइनमार्फत सञ्चालन गरेको साइन्टिफिक एण्ड टेक्निकल कन्टेस्टका विजेताहरु पुरस्कृत भएका छन् ।
क्याम्पसले गुगल डक मार्फत सञ्चालन गरेको कन्टेस्टमा तीन सय बढी विद्यार्थी सहभागी भएको क्याम्पसले जनाएको छ । ६० नम्बर पूर्णाङ्क राखी विभिन्न विषयका प्रश्नहरु समाविष्ट गरिएको थियो । सहभागिता जनाउनेमध्ये सर्वाधिक अंक ल्याउने उत्कृष्ट ३ सहितलाई नगदसहित पुरस्कृत गरिएको हो ।
बागलुङका आहान सापकोटाले सर्वाधिक अंक ल्याउँदै प्रथम बने । पोखरा रत्नचोकका जगदीश चापागाईं दोस्रो भए भने अमरसिंहका आकाश अधिकारी तेस्रो भए । विजेताहरुले क्रमशः ३ हजार, २ हजार र १ हजार प्राप्त गरे । सान्त्वनालाई समेत पुरस्कृत गरिएको थियो ।
एसईई उत्तीर्ण गरी उच्च शिक्षाको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको क्याम्पसले जनाएको छ । पोखरा मल्टिमोडल क्याम्पस प्रालिका अध्यक्ष राजकुमार गिरी, क्याम्पस प्रमुख कृष्णबहादुर केसी, प्रालि अन्तर्गत सञ्चालित स्कूल पोखरा क्रियटिभका प्रिन्सिपल आरसी शर्मा, प्रशासक राजु पराजुली लगायतले पुरस्कार वितरण गरेका थिए ।
क्याम्पस प्रमुख केसीले क्याम्पसले विद्यार्थीलाई सामान्य ज्ञान, फिजिक्स, केमिस्ट्रि, म्याथ, इङ्लिस लगायतका विषयका प्रश्न राखी अध्ययनमा सघाउ पुग्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए ।

सम्बन्धित खबर
स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?